सुनको मूल्य सामान्य वृद्धि, सोमबार कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/सुनको भाउमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको सुनको भाउ सोमबार १ सय रुपैयाँले बढेको हो ।

 

सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, सोमबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

Share: