Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अनुदानमा किसानलाई ‘ई–लोडिङ अटोरिक्सा’ वितरण – Lekhanpeeth

अनुदानमा किसानलाई ‘ई–लोडिङ अटोरिक्सा’ वितरण

Share:

काठमान्डौ/बाँकेको बैजनाथ गाउँपालिकाले स्थानीय किसानलाई ७० प्रतिशत अनुदानमा कृषि उत्पादन ढुवानी गर्ने ‘ई–लोडिङ अटोरिक्सा’ वितरण गरेको छ ।

 

गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमार्फत ११ कृषक समूह तथा फर्मलाई ई–लोडिङ अटोरिक्सा वितरण गरिएको गाउँपालिकाकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । उनले वडा नं १ देखि ८ का तरकारीखेती, अन्नबाली लगाउने किसानलाई प्राथमिकतामा पारेर सो रिक्सा वितरण गरेको बताए ।

 

गाउँपालिकाका अध्यक्ष शाहीले ई–लोडिङ अटोरिक्साको चाबी सम्बन्धित किसानलाई हस्तान्तरण गर्दै पालिकाका अधिकांश मानिस कृषिमा निर्भर रहेकाले स्थानीय सरकारले किसानको उत्पादन बढाउन तथा बजारीकरणका लागि विशेष रुपमा जोड दिँदै आएको उल्लेख गरे ।

 

गाउँपालिकाले हरेक वर्ष किसानसँग पालिका प्रमुख कार्यक्रममा ठूलो परिमाणमा बजेट विनियोजन गर्दै आएको जनाउँदै उनले किसानले आफ्ना कृषि उत्पादनलाई सहज रुपमा ढुवानी गर्न सकून् भन्ने उद्देश्यले विभिन्न कृषक समूहलाई ई–लोडिङ अटोरिक्सा वितरण गरिएको बताए । कृषि उत्पादनलाई कोहलपुर र नेपालगञ्ज पु¥याउन समस्या हुने गरेकामा ई–लोडिङ अटोरिक्सा पाएपछि अब सहज हुने गापाका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले बताए ।

 

उनले ढुवानीका साधनको अभावमा धेरै किसानले आफ्नो उत्पादनलाई नजिकको बजारसम्म पु-याउन नसकेको जानकारी पाएपछि सो रिक्सा वितरण गरिएको बताए । ई–लोडिङ अटोरिक्सा पाएका किसान र समूहले आफ्नो उत्पादनलाई ढुवानी गर्नाका साथै अन्य किसानको उत्पादनलाई पनि भाडामा ढुवानी गर्नसक्ने हुँदा समुहको आय समेत वृद्धि हुने कृषि शाखा प्रमुख विश्वकर्माको भनाइ छ ।

Share: