Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु – Lekhanpeeth

भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

241
0
Share:

काठमान्डौ/भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

 

भक्तपुर नगरपालिका वडा नम्बर ६ डेकोचामा व्यासीबाट कमलविनायक जाँदै गरेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरमा डिएसपी राजन कार्कीले जानकारी दिए।

 

मंगलबार राति पौने ९ बजे बागमती ३ ख ५०८० नम्बरको बसले अचानक पहिचान नखुलेका पुरूषलाई ठक्कर दिएको थियो।

 

ठक्करबाट गम्भीर घाइते भएका ती पुरूषलाई भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति नै मृत्यु भएको डिएसपी कार्कीले बताए। शव सोही अस्पतालमा राखिएको छ।

Share: