सौर्य एयर विमान दुर्घटना : पाइलटबाहेक सबैको मृत्यु

Share:

काठमान्डौ/सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

 

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

 

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

 

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

 

 

Share: