सुनको मूल्य एकैदिन प्रतितोला २४ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

120
0
Share:

काठमान्डौ/बिहीबार सुनको भाउ प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ । बुधबार १ हजार १०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार २ हजार ४०० रुपैयाँले घटेको हो ।

 

बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ७०० कारोबार भएको थियो ।

 

यस्तै, बिहीबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: