Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ग्लोबल टी-२० : कप्तान पौडेल सहभागी टोरोन्टोको लगातार दोस्रो जित – Lekhanpeeth

ग्लोबल टी-२० : कप्तान पौडेल सहभागी टोरोन्टोको लगातार दोस्रो जित

193
0
Share:

काठमान्डौ/काठमान्डौ/ग्लोबल टी-२० क्यानडा लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सहभागी टिम टोरोन्टो नेसनल्सले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा टोरोन्टोले ब्रैम्प्टन वुल्सलाई ८ विकेटले पराजित गरेको हो।

 

टस जितेर पहिला ब्याटिङ गरेको वुल्सले १९.१ ओभर खेल्दा सबै विकेट गुमाएर ११० रन बनाएको थियो। वुल्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा रोमारियो शेफर्ड र जेसन बेहरेन्डोर्फले समान दुईदुई विकेट लिए।

 

टोरोन्टोले १११ रनको लक्ष्य १३.२ ओभरमा भेट्टाएको हो। उसका लागि उन्मुक्त चन्दले अर्धशतक प्रहार गरे। ४० बलको सामना गरेका उनले आठ चौका र एक छक्काको मद्दतमा नटआउट ५३ रन जोडेका हुन्।

 

रसिभ भानले २५ रन बनाउँदा कप्तान कोलिन मुनरोले ११ रन जोड्दा निकोलस किर्टनले नटआउट ६ रन बनाए। प्लेइङ-११ मा रहेका नेपालका कप्तान पौडेलले भने ब्याटिङ गर्नु परेन। यो जितसँगै रोहितको टीम चार अंकसहित शीर्ष स्थानमा छ।

 

त्यस्तै नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी सहभागी भ्यानकुभर नाइट्सले भने लगातार दोस्रो हार खाएको छ।

Share: