Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महिला एसिया कप : उपाधिका लागि आज भारत र श्रीलंकाको भिडन्त – Lekhanpeeth

महिला एसिया कप : उपाधिका लागि आज भारत र श्रीलंकाको भिडन्त

197
0
Share:

काठमान्डौ/एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा आज भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन्। दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो। भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३:१५ बजे सुरु हुँदैछ।

 

भारत महिला एसिया कपको फाइनलमा नवौ पटक पुगेको हो। पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।

 

दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन्।

 

आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। भारत उपाधि यात्रालाई निरन्तरता दिने योजनामा छ। प्रतियोगिताका अपराजित दुई टिमको फाइनल भिडन्तलाई रोचक मानिएको छ।

Share: