Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते – Lekhanpeeth

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

281
0
Share:

काठमान्डौ/टिपरको ठक्करबाट आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ग ७ प ५३५३ नं को मोटरसाइकललाई बाप ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि–४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिँदा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।

 

मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक महाकाल गाउँपालिका–६ घर भई हाल कमलविनायक बस्ने २० वर्षीय सञ्जिव थापामगरको मध्यपुर अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।

 

प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक काभ्रेपालञ्चोक मण्डनदेउपुर–६ बस्ने २८ वर्षीय राजकुमार राईलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको कार्कीले बताए ।

Share: