Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गोरखाको धार्चे पहिरोमा बेपत्ता भएकाहरु अझै भेटिएनन्, बिहानैदेखि खोजी सुरु – Lekhanpeeth

गोरखाको धार्चे पहिरोमा बेपत्ता भएकाहरु अझै भेटिएनन्, बिहानैदेखि खोजी सुरु

Share:

काठमान्डौ/गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा आइतबार गएको पहिरोमा परी बेपत्ता भएकाहरूको अझै पत्ता लाग्न सकेको छैन ।

 

आइतबार बिहान गएको पहिरोमा परेर पाँचजना बेपत्ता भएका थिए । दुईजनाको भने घाइते अवस्थामा उद्धार गरी काठमाडौँमा ल्याएर उपचार भइरहेको छ ।

 

बेपत्ता भएकाहरूको आइतबार दिनभर खोजी गर्दा पनि नभेटिएपछि आज बिहानै देखि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले जानकारी दिए ।पहिरोमा एकै घरका तीन सहित पाँच जना बेपत्ता भएका थिए।

 

बेपत्ता हुनेमा धार्चे गाउँपालिका–५ रेसेका जितबहादुर गुरुङ, उनकी श्रीमती कान्छी गुरुङ, बुबा सुकलाल कान्छा गुरुङ, सोही ठाउँका रमेश गुरुङ र हाइड्रो पावरका ट्याक्टर चालक रमेश परियार बेपत्ता छन्।

Share: