
काठमान्डौ/अभिनेता आर्यन सिग्देल पछिल्लो समय फिल्ममा व्यस्त हुन थालेका छन् । ‘पुजार सार्की’ले दिएको सफलता सेलिब्रेसन गरिरहेका उनी नयाँ फिल्ममा जोडिएको खबर छ ।
दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा: घर नम्बर २’ को मुख्य भूमिकामा उनी अनुबन्धित भएको जनाइएको छ । यसअघि फिल्ममा खगेन्द्र लामिछाने र निश्चल बस्नेतपछि सिग्देल यो सोसल-ड्रामा फिल्ममा जोडिएका हुन् ।
आर्यन र निर्माताबीच लिखित सम्झौता भएको छ ।