Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गायक पुष्पन प्रधानको आवाज रहेको ‘छुट्टाइ दियौ’ गीत सार्वजनिक – Lekhanpeeth

गायक पुष्पन प्रधानको आवाज रहेको ‘छुट्टाइ दियौ’ गीत सार्वजनिक

Share:

काठमान्डौ/गायक पुष्पन प्रधानको आवाज रहेको ‘छुट्टाइ दियौ’ गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बुद्धि तामाङ र बेदना खेरेसुङ्गमा राईको अभिनय रहेको छ। रीमा श्रेष्ठको शब्द रहेको गीतको संगीत गायक पुष्पन प्रधानले गरेका छन् भने संगीत संयोजन, मिक्सिङरमास्टरिङ जोनी योञ्जन तामाङ्गले गरेका छन्।

 

केही फरक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा आफुले माया गरेको मान्छेलाई समयमा उपचार गराउन नपाएर आफ्नो मान्छेलाई गुमाउदाको पिडा उक्त भिडियोमा देखाइएको छ ।

 

भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन्। त्यस्तै दिनेश पराजुलीको छायाँकन रहेको उक्त गीतमा बिकाश दाहालको सम्पादन रहेको छ । आम दर्शक तथा श्रोताको चाहना अनुरुपको गीत बनेकोले यो गीत मन पराउनेमा आफू आशावादी रहेको निर्माता कुशल गुरुङले बताए। हाल अमेरिकामा बसोबास गरिरहेका गुरुङले यसअघि पनि ‘अधुरो सपना’ ‘अधुरो सपना-२’ सार्वजनिक गरेका थिए।

Share: