नेप्से परिसूचकमा ६४ अंकको वृद्धि

90
0
Share:

काठमान्डौ/नेपाल स्टक एक्सचेञ्ज -नेप्से परिसूचक आज ६४ अङ्कले बढेको छ । आज नेप्से ६४.२५ अङ्कले घटेर २७६०. ९० अङ्कमा पुगेको छ ।

 

आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर २ लाख ३८ हजार २७२ पटक खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ ।

 

आज युनाइटेड अजोड इन्सुरेन्स, गोर्खा फाइनान्ससहित ८ कम्पनिको शेयर मुल्य सकारात्मक सर्किट लागेको छ भने सिभिल बैंक डिभेन्चर २०८८ को सबैभन्दा बढी ७.९२ प्रतिशतले घटेको छ ।

 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ८४ करोड ४९ लाख ९४ हजार ३१७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने अपि पावरको १४ लाख ७७ हजार २२९ कित्ता शेयर किनबेच भएको छ ।

Share: