Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकलाई श्रममन्त्रीको आग्रह – Lekhanpeeth

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकलाई श्रममन्त्रीको आग्रह

212
0
Share:

काठमान्डौ/श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्।

 

भेटमा मन्त्री भण्डारीले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए। भेटमा भण्डारीले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण, विकास साझेदारलगायतसँगको सहकार्य तथा प्राविधिक सहयोगमा ‘जब हब’का रूपमा विकास गरिने बताए।

 

निर्देशक सिस्लेनले आन्तरिक रोजगारी सिर्जनामा ‘देशीय साझेदारी कार्यक्रम’मार्फत सहयोग गर्न विश्व बैंक सदैव तयार रहेको बताए। भेटमा आन्तरिक रोजगारी वृद्धि र रोजगार सेवा केन्द्रको दिगोपना तथा सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको श्रम मन्त्रालय जनाएको छ ।

Share: