सुनको मूल्य डेढ लाख नजिक, शुक्रबार कतिमा हुँदैछ किनबेच ?

131
0
Share:

काठमान्डौ/शुक्रबार छापावाला सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा कारोबार भइरहेको छ । बिहीबार १६ सय रुपैयाँले बढेको सुन शुक्रबार ४०० रुपैयाँले बढेसँगै भाउ उच्च बिन्दुमा पुगेको हो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

 

शुक्रबार २२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार २२ क्यारेटको सुन १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, शुक्रबार चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Share: