Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बागमती किनारमा भेटियो एक पुरुषको शव – Lekhanpeeth

बागमती किनारमा भेटियो एक पुरुषको शव

159
0
Share:

काठमान्डौ/ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको छ।

 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आज बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०-४२ वर्षका पुरुषको शव भेटिएको हो।

 

‘शव घोप्टो परेको अवस्थामा भेटिएको छ, बाढीले बगाएको जस्तो देखिएको छ। शव धेरै पुरानो जस्तो पनि देखिँदैन’, एसपी सुवेदीले भने, ‘पोस्टमार्टमका लागि अस्पताल लाने तयारी गरिरहेका छौँ।’

 

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share: