Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कर्णाली सरकारमा काँग्रेसका ४ मन्त्रीले लिए शपथ – Lekhanpeeth

कर्णाली सरकारमा काँग्रेसका ४ मन्त्रीले लिए शपथ

195
0
Share:

काठमान्डौ/कर्णाली प्रदेशमा काँग्रेस सरकारमा सहभागी भएको छ । काँग्रेसबाट सहभागी ४ जना मन्त्रीलाई सोमबार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

 

काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाहले शपथ लिएका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारीले शपथ लिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढाले शपथ लिएकी छन् ।

 

माओवादी सरकारबाट बाहिरिएपछि खाली रहेका मन्त्रालयमा नेपाली काँग्रेसका ४ जना सांसदलाई नियुक्त गरेपछि कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको छ । नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।

 

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्रीसहित १ राज्यमन्त्री र २ मन्त्री गरी ४ जना मन्त्री भइसकेका छन । एमालेबाट मुख्यमन्त्रीमा यामलाल कँडेल, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा, कृषि मन्त्रीमा विनोद शाह र राज्यमन्त्रीमा गमाता बिक नियुक्त भइसकेका छन ।

Share: