पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

54
0
Share:

काठमान्डौ/पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन अगस्ट ६ देखि ८ सम्म नयाँदिल्लीमा हुने भएको छ । सम्मेलनको तयारी पूरा भएको भारतले जनाएको छ ।

 

सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सीआइआई) सँगको सहकार्यमा तीन दिने कार्यक्रमको आयोजना गर्नेछ ।

 

विदेश मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार विदेश मन्त्री एस जयशङ्करले सम्मेलनको उद्घाटन गर्ने छन् । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयललगायत नेताहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।सम्मेलनमा व्यापार, वाणिज्य, उद्योगका साथै ऊर्जा क्षेत्रका समस्याबारे बिमस्टेक सदस्य राष्ट्रका मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, उद्यमीलगायतको सहभागितामा छलफल हुनेछ ।

 

मन्त्रालयले सम्मेलनको पहिलो उद्देश्य बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बे अफ बङ्गाल इनिसिएटिभ (बिमस्टेक) का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्ने रहेको जनाएको छ ।

Share: