
काठमान्डौ/हप्ताको चौँथो दिन आज (बुधबार) सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । आज सुन एक हजार चार सय रुपैयाँले घटेर तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।