Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सम्पर्कविहीन रहेका प्रहरी इन्स्पेक्टर डा.मिश्र लाई ७ दिनभित्र हाजिर हुन मन्त्रालयको निर्देशन – Lekhanpeeth

सम्पर्कविहीन रहेका प्रहरी इन्स्पेक्टर डा.मिश्र लाई ७ दिनभित्र हाजिर हुन मन्त्रालयको निर्देशन

190
0
Share:

काठमान्डौ/प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा.प्रिति मिश्रलाई स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन गृह मन्त्रालयले निर्देशन दिएको छ।

 

मन्त्रालयले आज एक सूचना जारी गर्दै गत वैशाख १० गतेदेखि १५ दिनको बिदा स्वीकृत गराएका मिश्र हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएपछि स्पष्टीकरणसहित कार्यालयमा सम्पर्क गर्न सात दिनको समय दिएको हो ।

 

आफूखुसी कोही कसैलाई कुनै जानकारी समेत नगराई गैर हाजिर रहेको र स्थायी वतनमा खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को २ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआएकोले स्पष्टीकरण सोधिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 

पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत रहेको जनाइएको छ ।

 

बाटोको म्याद बाहेक सात ९७० दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित यस कार्यालयमा हाजिर हुन आउनु होला, अन्यथा तपाई उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च)को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजाने मन्त्रालयको सचिवस्तरीय निर्णयमा भनिएको छ ।

Share: