Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची – Lekhanpeeth

तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

196
0
Share:

काठमान्डौ/तीन वटा संसदीय समितिको बैठक बस्दै छ। शुक्रबार (आज) अहिले केहिबेरमा कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको छ।

 

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

 

यस्तै आजै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ भने अहिले केहिबेरमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ।

 

यसैगरी पूर्वाधार विकास समितिको बैठक पनि अहिले केहिबेरमै बस्ने छ । सो बैठकमा जलश्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग दफावार छलफल हुने कार्यसूची तय भएको छ।

Share: