Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ललितपुरको इमाडोलमा भासियो सडक – Lekhanpeeth

ललितपुरको इमाडोलमा भासियो सडक

225
0
Share:

काठमान्डौ/ललितपुरको महालक्ष्मी नगरपालिका-३, इमाडोलको बोझेपोखरी जाने सडक भासिएको छ । बुधबार बिहान सडकको झण्डै तीन मिटर क्षेत्रमा भ्वाङ परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरिएको छ ।

 

सडक भासिनुको कारण भने खुल्न सकेको छैन । उक्त सडकमा मंगलबार नै खाल्डो पर्न थालेको र गएराति परेको पानीले थप क्षति पुर्‍याएपछि भ्वाङ परेको वडा नम्बर ३ का वडाध्यक्ष कुवेर केसीले बताए ।

 

सडकनजिक मंगाल रहेकाले त्यसले क्षति गरेको हुन सक्ने उनले बताए ।

Share: