आज कुन विदेशी मुद्राको मूल्य कति ?

85
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.२४ रुपैयाँ रहेको छ ।

 

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.११ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२६ रुपैयाँ रहेको छ ।

 

यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.३५ रुपैयाँ रहेको छ ।

Share: