सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

80
0
Share:

काठमान्डौ/साताको अन्तिम दिन (आज) शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५०० रुपैयाँ कायम थियो ।

 

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७६० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७४० रुपैयाँ कायम थियो । यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार २६० रुपैयाँ तोकेको छ ।

Share: