Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची – Lekhanpeeth

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Share:

काठमान्डौ/राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन)विधेयक, २०८१ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

 

यस्तै,कानुनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Share: