इंग्लिस प्रिमियर लिग : आर्सनलको सुखद सुरुवात

98
0
Share:

काठमान्डौ/इंग्लिस प्रिमियर लिगमा आर्सनलले सुखद सुरुवात गरेको छ । शनिबार राती सम्पन्न खेलमा वुल्भ्सलाई २–० गोलले पराजित गर्दै आर्सनल विजयी भएको हो ।
आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले एक–एक गोल गरेका थिए ।

 

खेलको २५औँ मिनेटसमा हावर्ट्जले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ७४औँ मिनेटमा साकाले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर बनाए । त्यसपछि दुवै पक्षबाट थप गोल नहुँदा आर्सनल २–० गोलले विजयी भयो ।

 

यो जितसँगै आर्सनलले लिग तालिकामा महत्वपूर्ण तीन अंक जोडेको छ ।

Share: