Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पर्वतका नौवटा सामुदायिक वनमा पोखरी निर्माण – Lekhanpeeth

पर्वतका नौवटा सामुदायिक वनमा पोखरी निर्माण

Share:

काठमान्डौ/वन्यजन्तुको सुविधा तथा डढेलो नियन्त्रणमा उपयोगी हुने ठानेर पर्वतका नौ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

 

डिभिजन वन कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा नौवटा पोखरी निर्माण गरेको हो । बाह्रैमास पानी टिक्ने स्थानमा पोखरी निर्माण गरेर पानी सङ्कलन गरिएको डिभिजन वन कार्यालयका प्रमुख झ्यामनारायण सापकोटाले जानकारी दिए । उनका अनुसार १० लाखको लागतमा १० वटा पोखरी निर्माण गर्ने लक्ष्य रहेको भए पनि नौवटा मात्रै पोखरी निर्माण गर्न सकिएको उनले बताए । नौवटा पोखरी निर्माण गर्दा आठ लाख ३९ हजार दुई सय १३ खर्च भएको उनले बताए ।

 

फलेवास नगरपालिका–३ को देउपुजा सामुदायिक वन, मोदी गाउँपालिका–४ को लोहोसे चिसाखर्क सामुदायिक वन, बराहताल थान सामुदायिक वन, कुश्मा नगरपालिका–१४ को गिदाउरे सालघारी सामुदायिक वन, जलजला गाउँपालिका–४ को टाँडी बिसौना सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो । त्यसैगरी जलजला–८ को लस्ती वेर्नेटा सामुदायिक वन, फलेवास नगरपालिका–७ को कालोवन बाटुलेचौर सामुदायिक वन र कुश्मा नगरपालिका–३ को सल्लेरी सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको उक्त कार्यालयले जनाएको छ ।

 

पोखरी जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको तापक्रम र डढेलो निभाउन उपयोगी हुने सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष जीवन उचै ठकुरीले बताए । “पोखरीको पानीले मूलहरू ‘रिचार्ज’ हुन्छन् त्यसले मूल संरक्षणमा सहयोग पुग्छ”, उनले भने, “मानवीय व्यवहारकै कारण पानीका मुहान सुक्दै गइरहेका बेला वन क्षेत्रमा बनाइएका पोखरीले मानव र वन्यजन्तुको द्वन्द्व पनि घटाउने छ ।”

 

Share: