Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
परराष्ट्रमन्त्री डा.राणा भारत प्रस्थान – Lekhanpeeth

परराष्ट्रमन्त्री डा.राणा भारत प्रस्थान

Share:

काठमान्डौ/परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन् । मित्र राष्ट्र भारतको औपचारिक भ्रमणका लागि उनी केहीबेर अघि त्यसतर्फ प्रस्थान गरेकी हुन्।

उनका भारतीय समकक्षी डा.एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धनबारे छलफल गर्ने बताइएको छ।

 

दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ। मन्त्री राणाको भदौ ६ गते स्वदेश फर्कने तालिका रहेको छ।

Share: