
काठमान्डौ/ललितपुरको बंगलामुखी मन्दिर नजिकै एक घरमा आज बिहान आगलागी भएको छ । ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए ।
आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हाछेथुको भनाई छ । आगलागी ३० जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो ।
विस्तृत विवरण भने खुल्न बाँकी छ ।