संसदीय विशेष समितिले रवि लामिछानेसँग भदौ ७ गते बयान लिने

Share:

काठमान्डौ/सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । समितिका एक सदस्यले भदौ ७ गते समितिमा बोलाएर लामिछानेसँग बयान लिने तयारी भइरहेको जानकारी दिए ।

 

‘प्रमाण बिना बोलाउने कुरा भएन । प्रमाण थप सशक्त बनाउने तयारी भइरहेको छ‚’ समितिका ती सदस्यले भने‚‘भदौ ७ गते उहाँलाई बोलाएर बयान लिनुपर्छ भन्ने तयारी समितिले गरिरहेको छ ।’

 

पूर्वगृहमन्त्री समेत रहेका सांसद रविसँग बयान लिनुअघि आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर समितिले बयान लिएको छ । यस्तै कुमार रम्तेल‚रोशनी गुरुङ लगायतको बयानबाट सभापति लामिछानेविरुद्ध थप प्रमाण बलियो बनाउने समितिको तयारी रहेको उनले बताए ।

Share: