जाजरकोटमा पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु

Share:

काठमान्डौ/जाजरकोटको नलगाड नगरपालिका–२, माझगाउँमा सोमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा परियार र उनीहरूका दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको हो ।

 

नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार, उनीहरू भूकम्पपीडितका निम्ति निर्मित अस्थायी टहरामा बसेका थिए ।

 

इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगर प्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीनजिकै छ ।

Share: