Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पृथ्वी राजमार्ग एकतर्फी – Lekhanpeeth

पृथ्वी राजमार्ग एकतर्फी

198
0
Share:

काठमान्डौ/पहिरोका कारण पृथ्वी राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा ल्याइएको छ । आज बिहान ६ः३५ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

 

पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवं प्रहरी निरीक्षक निरला भण्डारीले बताइन् । मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारी जानकारी गराइन् ।

Share: