Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गाजाको विद्यालयमा इजरायली आक्रमण, १२ जनाको मृत्यु – Lekhanpeeth

गाजाको विद्यालयमा इजरायली आक्रमण, १२ जनाको मृत्यु

166
0
Share:

काठमान्डौ/इजरायली सेनाले गाजा सहरको अर्को विद्यालयमा आक्रमण गरेको छ । हमासद्वारा सञ्चालित रक्षा प्राधिकरणले सो आक्रमण भएको दाबी गरेको हो । यस हमलामा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ । गाजाको पश्चिमी रिमाल इलाकामा रहेको मुस्तफा हाफेज विद्यालयमा भएको आक्रमणपछि उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका थप व्यक्तिहरूको खोजी गरिरहेको प्राधिकरणका प्रवक्ताले बताएका थिए ।

 

यही विद्यालयभित्रबाट हमासको कमान्डर र कन्ट्रोल सेन्टर सञ्चालन भइरहेको र यसैलाई निशाना बनाएको इजरायली सेनाले बताएको छ । यसअघि पनि इजरायलले यस क्षेत्रका केही विद्यालयमा आक्रमण गरिसकेको छ ।

 

यी विद्यालय हमास लडाकुहरूको अड्डा बनेको दाबी इजरायलले गर्दै आएको छ । यसअघि इजरायली सेनाले गाजापट्टी क्षेत्रबाट ६ जना बन्धकको शव फेला पारेको दाबी गरेको थियो । गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेर हमासले झन्डै २५० जनालाई बन्दी बनाएर लगेको थियो ।

Share: