Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै – Lekhanpeeth

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

162
0
Share:

काठमान्डौ/काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो ३ बजेदेखि खेल सुरु हुनेछ। नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ।

 

उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो। श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन्।

Share: