Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले पार्‍यो निष्क्रिय – Lekhanpeeth

बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले पार्‍यो निष्क्रिय

180
0
Share:

काठमान्डौ/बिहीबार बिहान काठमाडौंको बलम्बुमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । चन्द्रगिरी नगरपालिका- १२, स्थित वडा कार्यालयनजित फेला परेको शंकास्पद वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पारिएको नेपाली सेनाले जानकारी दिएको छ ।

 

बिहीबार बिहान शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर पुगेको थियो । त्यसलगत्तै प्रहरी उक्त स्थानमा पुगेको थियो । प्रहरीले झोलामा प्रेसर कुकर जस्तो देखिने वस्तु देखेपछि स्थानीयलाई सुरक्षित स्थानमा पठाएर नेपाली सेनालाई खबर गरेको थियो ।

 

त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई निष्क्रिय पारेको हो ।

Share: