Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
श्रममन्त्रीसँग आईओएम र कोइकाका निर्देशकको भेटवार्ता – Lekhanpeeth

श्रममन्त्रीसँग आईओएम र कोइकाका निर्देशकको भेटवार्ता

188
0
Share:

काठमान्डौ/श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का निर्देशकसँग भेटवार्ता भएको छ ।

 

निर्देशक जोसेफ समुउल एप्पियाबीचले श्रममन्त्री भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालका अनुसार भेटका क्रममा मन्त्री भण्डारीले नेपालबाट विदेशमा जाने श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रिय संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए । त्यसका लागि आईओएम जस्ता संस्थाले काम गर्नुपर्ने उनको धारणा थियो ।

 

सीप र आधारभूत भाषागत ज्ञान सिकाएर मात्र वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा आन्तरिक तयारी भइरहेको उनले बताएका थिए । निर्देशक जोसेफले नेपाल सरकारको आप्रवासन नीति कार्यान्वयनमा आईओएम सधैँ सकारात्मक रहेको र सहयोगका लागि तत्पर रहेको बताएका थिए ।

 

त्यस्तै मन्त्री भण्डारीसँग कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) का देशीय निर्देशक किम ह्युयाङ क्यूले शिष्टाचार भेट गरेका छन् ।

Share: