
काठमान्डौ/गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि पुनः नियमित रूपमा हवाई उडान शुरू भएको छ । मौसम बिग्रिएपछि गएको असार १४ गतेदेखि अवरुद्ध बनेको हवाई सेवा आजदेखि सञ्चालनमा आएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
वर्षादको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएका कारण सात हप्तासम्म उडान प्रभावित बनेको थियो । यसअघि हप्ताको चार पटक उडान हुँदै आएको भए पनि केही समय हप्ताको एक दिन शुक्रवार मात्र उडान हुने स्टेशन प्रमुख थापाले बताए। नेपाल वायु सेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेशनमा रहेका कारण जहाज नबन्दासम्म हप्तामा एक पटक मात्र उडान हुने बताइएको छ ।