Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच भगिनी सम्बन्ध सम्बन्धी समझदारी – Lekhanpeeth

ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच भगिनी सम्बन्ध सम्बन्धी समझदारी

189
0
Share:

काठमान्डौ/ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच भगिनी सम्बन्ध कायम भएको छ। भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चेओरवन शहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गरेका हुन्।

 

महानगर प्रमुख चिरीबाबु महर्जन कोरियाको चेओरवन शहरको निमन्त्रणमा बुधबार त्यसतर्फ गएका छन्। समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ उपस्थित थिए। चेओरवन सहरका मेयर ली ह्युन जोनले ऐतिहासिक र सांस्कृतिक शहर ललितपुरबाट आफू प्रभावित भएको बताउँदै एक अर्काको सहरमा भएका असल अभ्यास सिक्दै र सिकाउँदै जाने प्रतिबद्धता व्यक्त गरे।

 

उक्त कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले दुई शहरमा भएका असल अभ्यासहरु आदान प्रदान गर्ने बताए। कोरियाका चेओरवन सहरमा कृषि,पर्यटनलगायतका क्षेत्रमा भएको विकासबाट आफू प्रभावित भएको बताउँदै उनले भने, ‘हामीले सम्पदा संरक्षणको क्षेत्रमा धेरै काम गरेका छौँ, चेओरवनले हामीबाट सम्पदा क्षेत्रमा धेरै सिक्न सक्छ, हामीले कृषि र पर्यटन प्रबद्र्धनको क्षेत्र सिक्न सक्ने प्रशस्त ठाउँ छन्।’

 

नगर प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्धले दुई शहर एक अर्काको दुख सुखको साझेदार भएको बताउँदै भने, ‘हामीले मित लगायौँ, नाता जोडियो, सुख—दु:ख बाँड्छौँ।’

Share: