रुसमाथि अमेरिकी ट्वीन टावरमा जस्तो ड्रोन हमला

92
0
Share:

काठमान्डौ/रुसको सारातोभमा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा जस्तै हमला भएको छ । एउटा ड्रोनले ३८ तलाको आवासीय भवन ‘भोल्गा स्काइ’ मा प्रहार गरिएको हो ।

 

यो घटनामा हालसम्म क्षतिको पूर्ण विवरण आइसकेको छैन । यद्यपि, दुई जना घाइते भएको प्रारम्भिक खबर छ । मस्कोका गभर्नरले युक्रेनले भवनमा ड्रोन हमला गरेको आरोप लगाएका छन् । रुसमाथि २० वटा ड्रोनले हमला गरिएको छ । जसमध्ये सबैभन्दा बढी ९ वटा ड्रोन सारातोभलाई लक्षित गरी प्रहार गरिएको थियो । यसका साथै क्रुस्कमाथि ३ वटा, बेलगोरोदस्कायामा २, ब्रान्स्कमा २, तुल्स्कायामा २ वटा र ओर्लोब्यास्काया र रियाजानमा १–१ वटा ड्रोन हमला भएको छ ।

 

रिपोर्टअनुसार युक्रेनी सेनाले रुसको सारातोभमा रहेको सबैभन्दा अग्लो भवनलाई आफ्नो निशाना बनाएको हो । यो क्षेत्रमा रुसको रणनीतिक बम्बर सैन्य बेस रहेको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनले केही पटक रुसमाथि ड्रोन हमला गरिसकेको छ ।

 

रुसी रक्षा मन्त्रालयले पनि सारातोभमा युक्रेनले ९ वटा ड्रोनले हमला गरेको पुष्टि गरेको छ । सारातोभ युक्रेनी सीमाबाट ९ सय किलोमिटर भित्र पर्छ । यो हमलापछि सबै प्रकारका हवाई गतिविधिमा रोक लगाइएको छ ।

Share: