Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रियलमी मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समलाई – Lekhanpeeth

रियलमी मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समलाई

196
0
Share:

काठमान्डौ/रियलमी मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समले जितेका छन् । शनिबार राति राजधानीको सोल्टीमोडस्थित होटल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमाशीर्ष उपाधिजितेसँगै सन्तोषले पाँचलाख रुपियाँ पुरस्कारप्राप्त गरेका छन् भने आगामी नोभेम्बरमाभियत नाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

 

यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजीमुनिशगिरीले भने, “रियलमी मिस्टर नेपाल २०२४ को शीर्षउपाधीजित्न सफलभएकोमा सन्तोषलाई धेरै–धेरै बधाई दिन चाहन्छौँ । अन्य उपाधी विजेताहरुलाई पनिहार्दिक बधाईका साथै आगामीयात्राको लागि शुभकामना व्यक्त गर्दछौँ । साथै प्रतियोगितामा सहभागि सम्पूर्णलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ । मिस्टरनेपाल एउटा प्रतियोगिता मात्र नभएर यस्तो प्ल्याट्फर्म हो जहाँबाहिरी सुन्दरता मात्र नभएर युवाहरुको समग्र व्यक्तित्वको पहिचान र उच्च मुल्यांकन गरिन्छ । युवाहरुको क्षमता पहिचान गर्ने र योग्य प्रतियोगीलाई सम्मान गर्ने यस मिस्टर नेपालको सफलतापुर्वक आयोजना र समापन गरेकोमाआयोजक नेक्स्तमोडल्सको सम्पुर्ण टिम र सम्बद्ध समस्तमा पनि हार्दिक आभार व्यक्त गर्नचाहन्छौँ।”

 

प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ भई आगामी अक्टोबरमा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै, काठमाडौंका आयुषदुलालले म्यानअफ द वल्र्ड नेपालचुनिइम्यानअफ द वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएका छन्। योगेश र आयुषदुवैले तीनलाख रुपियाँबराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

 

प्रतियोगितामा धरानकाआदेश प्रधान फस्ट र हेटौंडाका आयुषबमजन सेकेन्ड रनर अप, आयुषबोमजन मस्ट पपुलर, सन्तोष लोक्समम्यानअफएलिगेन्स, प्रकाश चौहान मस्ट एक्टिभ, समिर तिमिल्सिना वेस्ट स्किन, आदेश प्रधानपब्लिकच्वाइस, साकार बजिमय मस्ट इन्टिलेक्चुयल, मनोज गुरुङ वेस्ट फिजिक, आयुषदुलाल वेस्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ मिस्टर फाटोजेनिक, पियुषश्रेष्ठ मेन च्वाइस, अनिकेत प्रजापति वेस्ट हेयर, अग्रजश्रेष्ठ मिस्टर स्टाइल आइकन, सिजलकपाली मिस्टर फेसनिष्टा र मनोज गुरुङ वेस्ट स्पोर्टस्मेनसिप अर्वाड विजेता भए ।

 

प्रशान्तताम्राकारको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फोटो ग्राफर राजभाइ सुवाल, उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री,मोडल एवंरियलमीको ब्रान्ड एम्बास्डर नीतिशाह, पूर्वमिस नेपाल द्वयमाल्भिका सुब्बा र नम्रताश्रेष्ठ तथापूर्व मिस्टर नेपाल डा. रूपक घिमिरे र सन्दीप पोखरेल निर्णायक रहेका थिए । उपाधिका लागि देशभरका ३८ जनायुवाले प्रतिस्पर्धा गरेका थिए ।

Share: