यी हुन् एकीकृत समाजवादीका निर्वाचित ८४ जना पोलिटब्युरो सदस्य

128
0
Share:

काठमान्डौ/नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सहमति हुन नसकेपछि निर्वाचनमार्फत पदाधिकारी र पोलिटब्युरो सदस्य छानेको हो ।

 

वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध भएका थिए । पार्टीको पदाधिकारी चयनको नतिजा भने बुधबार नै आएको थियो । जसअनुसार महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।

 

उपाध्यक्ष (मधेसी समुदाय)पदमा धर्मनाथप्रसाद साह निर्वाचित भएका छन् । खुला उपाध्यक्ष पदमा डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका थिए ।

 

यस्तै, उपमहासचिव मेटमणि चौधरी, पदमारामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । सचिव(दलित समुदाय)पदमा गणेशबहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाति) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।

 

दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए ।

 

 

 

 

 

 

Share: