Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध – Lekhanpeeth

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

156
0
Share:

काठमान्डौ/अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।

 

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

 

वर्षासँगै कर्णाली राजमार्गअन्तर्गत कालीकोटखण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

Share: