
काठमान्डौ/बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको भाउ आज १०० रुपैयाँले बढेको हो ।
बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।