Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पारस खड्का लिजेण्ड लिग क्रिकेट खेल्दै, गुजरातमा अनुबन्ध – Lekhanpeeth

पारस खड्का लिजेण्ड लिग क्रिकेट खेल्दै, गुजरातमा अनुबन्ध

200
0
Share:

काठमान्डौ/नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् ।

 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् । उनलाई आउदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपियाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

 

लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि शुरु हुदै छ । लिजेण्ड लिग क्रिकेटमा सन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन । लिजेण्ड लिगमा ६ टिम बीच कुल २५ खेल खेलिने बताइएको छ । तेस्रो सिजनका खेलहरु भारतको जोधपुर, सुरत र जम्मुमा हुने छन् । यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुने छ ।

Share: