
काठमान्डौ/चितवनको सिमलताल नजिकै ट्रक र बस एकआपसमा ठोक्किएका छन् । आज बिहान मुग्लिन-नारायणगढ सडकखण्डको सिमलताल नजिकै उक्त दुर्घटना भएको हो ।
नारायणगढतर्फ गइरहेको एआर ०१-३६७४ नम्बरको भारतीय यात्रुवाहक बसर र मुग्लिनबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।
उक्त दुर्घटनामा परी बसमा सवार तीन जना यात्रु घाइते भएका छन् । त्यस्तै ट्रक चालकलाई पनि चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।