Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मिटरब्याज पीडितहरूका समस्या चाँडो समाधान गरौँ : ठाकुर गैरे – Lekhanpeeth

मिटरब्याज पीडितहरूका समस्या चाँडो समाधान गरौँ : ठाकुर गैरे

195
0
Share:

काठमान्डौ/नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसदमा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन्। आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरुको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको भए पनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गरेका हुन्।

 

प्रतिनिधिसभामा मिटर ब्याज पीडितहरुका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, अन्तरक्रिया भयो, त्यसका लागि थुप्रै समितिहरु निर्माण भए। तर पनि समस्या चाहिँ विभिन्न रुपले यथावत नै छ।’

 

उनले मिटर ब्याज पीडितहरुको समस्या चाँडो समाधान गर्नुपर्ने बताए। जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यक्ता रहेको उनको भनाई छ। सांसद गैरेले बैंकिङ कसुरमा कारवाहीमा परेका व्यक्तिहरुले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने बताए।

 

‘चेक अनादर हुँदा अर्थात बैंकिङ कसुर सम्बन्धि घटना भइसकेपछि त्यो अवस्थामा बैंकिङ कसुर पृष्टि भयो भने त्यसपछि पनि ति व्यक्तिहरूले अर्को बैंकबाट र अरु ठाउँबाट ऋण लिन पाइराख्ने, कारोबार गर्न पाइहरने अहिलेको अवस्थामा कडाई गर्नुपर्छ।’

Share: