Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न पूर्वप्रहरी प्रमुखहरूको माग – Lekhanpeeth

सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न पूर्वप्रहरी प्रमुखहरूको माग

210
0
Share:

काठमान्डौ/पूर्व प्रहरी संगठन प्रमुख मञ्च, काठमाडौंले सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ।

 

मंगलबार मञ्चले एक विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुनेगरि सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीका राष्ट्रसेवक नेपाल प्रहरीका ‘प्रहरी महानिरीक्षको जिब्रो थुत्नुपर्ने’ जस्ता शब्दहरुको प्रयोग गनरेकोमा गम्भीर ध्यानाकार्षण भएको जनाएको छ।

 

विज्ञप्तिमा भनिएको छ, ‘पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग सबैले शालिन, ससंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन्। यसको विपरित माननीज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरीजस्तो गरिमामय र नेपालको सरकारको सबैभन्दा सक्रिय संगठनको नजरबाट माननीयज्यू गर्नुभएको छ।’

 

साथै मन्त्री गुरुङलाई उक्त बचन तत्काल फिर्ता लिई प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ।

 

Share: