प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियानमा बालेन समर्थक

Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन् । मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म ६ लाख मात्र रहेका छन् ।

 

मेयर साहको एमाले सांसदविरुद्धको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन् । आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले लेखेका थिए–’पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’

 

उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएका हुन् ।

Share: