
काठमान्डौ/सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्। सर्वोच्च अदालतको आदेशसँगै काठमाडौं महानगरले २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएपछि यो मुद्दा थप चर्किएको हो ।
आज गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको विरोध गर्दै जोरपाटीमा प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसला न्यायिक नभएको भन्दै उनीहरुले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।