Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अर्थमन्त्री र गभर्नरसँग सहकारी छानबिन समितिको छलफल – Lekhanpeeth

अर्थमन्त्री र गभर्नरसँग सहकारी छानबिन समितिको छलफल

Share:

काठमान्डौ/सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ । सिंहदरवारमा जारी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समेत छलफलमा सहभागी छन् ।

 

त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी पनि छलफलमा सहभागी छन् । यसअघि समितिले सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृह मन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।

 

सरोकारवालासँगको छलफलपछि प्रतिवेदन लेखनमा जुटेको समितिले अर्थमन्त्री, गभर्नर लगायतसँग छलफल गरेको हो ।

Share: