सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Share:

काठमान्डौ/आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार १०० रुपैयाँले बढेको हो । सोमबार सुन १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलाको १२ सयले घटेर १ लाख ५२ हजार १०० मा कारोबार भएको थियो ।

 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार ७५५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको ४५ रुपैयाँले घटेर १ हजार ७५० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४९७ दशमलव ९९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ०२ डलरमा कारोबार भइरहेको छ ।

Share: